मधेसमा भएको घटना दुःखदायी : प्रधानमन्त्री

फाल्गुन २४, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार सप्तरी जिल्लालगायत मधेसका केही ठाउँमा भएका घटना अत्यन्तै दुःखदायी भएको बताएका छन् ।

दोलखाको घ्याङसुकाठोकर गाविस–५ मावनेमा नवनिर्मित काङलिङ गुम्बाको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले हिजो मधेसमा भएको घटनामा परी मृत्यु भएकाको परिवारलाई सरकारको तर्फबाट उचित क्षतिपूर्ति दिने र घाइतेको निःशुल्क उपचार गरिदिने विश्वास दिलाए ।

साथै, उनले मधेसको समस्या समाधानका लागि आजै मधेसी दलसँग छलफल गर्ने पनि जानकारी दिए । प्रधानमन्त्री दाहालले स्थानीय निर्वाचनमा जुट्नसमेत सबैसँग आग्रह गर्दै भने, ‘मन्त्रिपरिषद्को बैठक बोलाएर मधेसका समस्याको समाधान खोज्ने पहल गर्छु ।’

Sahbar:Ekantipur

Advertisement

बारेमा admin

Check Also

६ दिने भ्रमणका लागि प्रधानमन्त्री ओली ११९ जनाको टोलीसहित चीन प्रस्थान

असार,५ / खगेन्द्र खरेल प्रधानमन्त्री केपी शर्मा ओली चिनियाँ प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा त्यसतर्फ प्रस्थान …

Leave a Reply

Your email address will not be published. Required fields are marked *