हिरासतमा रहेका श्रीमानलार्इ छुटाउन पहल गर्दा प्रहरी प्रमुखले एक रात बिताउनुपर्छ भनेपछि….

 एजेन्सी । भारतको राजस्थानको जोधपुरस्थित राजीव गान्धी नगरको पुलिस थानाका प्रहरी प्रमुख पक्राउ परेका छन् । उनलाई महिलासँग अभ्रद व्यवहार गरेको, घुस खाएको अभियोगमा भ्रष्टाचार निरोधक ब्यूरो (एसीबी)ले पक्राउ गरेको हो । कमलदान चारण नामका ती थाना प्रमुख (थानाधिकारी) माथि पति छुटाउन आएकी महिलासँग घुस लिएको र एक रात विताउन शर्त राखेको आरोप लागेको छ । कमलले पंकज वैष्णव नामका एक युवालाई लागुपदार्थ अफिमको दुधसहित पक्राउ गरेका थिए । आफ्ना पति पक्राउ परेको जानकारी पाएपछि उनकी पत्नी छुटाउन पुलिस थाना आएकी थिइन् ।
पुलिस थाना आएकी पीडित महिलाको भेट थानाधिकारी कमलदान चारणसँग भयो । कमलले पंकज ९महिलाका पति० को मुद्दा कमजोर गरिदिने र अफिमको मात्र १ किलोबाट घटाएर २०० ग्राममा झारिदिने भन्दै २ लाख रुपैयाँ मागे । यसका लागि कमलले पंकजकी पत्नीलाई थाना बोलाएर सम्झौता पनि गरे । महिलाले एक लाख रुपैयाँ नगद र एक लाख रुपैयाँ एडबान्स दिइन् ।

पैसा पाइसकेपछि पुलिस थाना प्रमुख कमलले पंकजकी पत्नीको पिछा छाडेनन् र सामाजिक सञ्जाल वाट्सएपमार्फत कुरा गर्न थाले । यसबीचमा उनले पतिको जमानतका लागि आफूसँग एक रात विताउनुपर्ने भन्दै दबाब दिए । निरन्तर दबाबले आजित भएकी पीडित महिलाले थानाधिकारी कमलसँग भएको कुराकानी रेकर्ड गरेर उनीविरुद्ध भ्रष्टाचार निरोधक ब्यूरा ९एसीबी० मा उजुरी दिइन् ।

महिलाको उजुरीपछि एसीबीले थानेदार कमलदान चारणमाथि एक्सन लियो । कमलमाथि लागेको आरोप पुष्टि भएपछि एसीबीले थप अनुसन्धानका लागि मंगलबार राति गिरफ्तार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

Advertisement

बारेमा Nabin Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *