नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

पुस २६ / खगेन्द्र खरेल
२०७४विश्व बैंकले चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ४ दशमलव ५ प्रतिशतमा सीमित हुने नयाँ प्रक्षेपण गरेको छ । विश्व बैंकले विश्व अर्थतन्त्रसम्बन्धी प्रतिवेदन सार्वजनिक गदै सन् २०१८/१९ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको हो ।

सरकारले चालू आर्थिक बर्षमा देशको आर्थिक वृद्धिदर ७ दशमलव २ प्रतिशत हुने दावी गरिरहेको बेला विश्व बैंकले पछिल्लो प्रक्षेपण सार्वजनिक गरेको हो । यसअघि गत जुनमा बैंकले नेपालमा ४ दशमलव ६ प्रतिशत आर्थिक वृद्धिदर हासिल हुने अनुमान सार्वजनिक गरेको थियो । तराई क्षेत्रमा बाढीपहिरोले पुर्‍याएको क्षतीले यसबर्षको कुल ग्राह्स्थ्य उत्पादन घट्ने विश्व बैंकले बताएको हो । प्रतिकुल मौसमका कारण कृषि उत्पादनमा कमी आउने हुँदा समेत असर पुग्ने बैंकले जनाएको छ ।

 

Advertisement

बारेमा Nabin Nepal

Check Also

सरकारले सार्वजनिक गर्‍यो पाँच महिनाका उपलब्धि

    साउन,२८ / खगेन्द्र खरेल प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन पश्चात गरेका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *