एनआरएनए इजरायलका आइसिसी सदस्य दिपक ओली सवारी दुर्घटनामा घाइते

माघ १ / खगेन्द्र खरेल
एनआरएनए इजरायलका पूर्व अध्यक्ष तथा बर्तमानमा आइसिसी सदस्य दिपक प्रसाद ओली सवारी दुर्घटनामा परी घाइते भएका छन्। आइतवार विहान तेलअभिव नजिकै रहेको रिसोन लेत्चियोनको पश्चिमी भागमा रहेको इच्हाक रोविन रोडमा करिव ८ बजे सडक जक्सनमा ओली सवार मोटरसाइकललाइ  निजि कारले ठक्कर दिदा ओली दुर्घटनामा परेका हुन् ।

दुर्घटना पश्चात वेहोस हुन पुगेका ओलीलाई एम्वुलेन्समा राखेर तेलासुमेर अस्पताल पुर्याइएको थियो । दुर्घटना भएको करिव आधा घण्टा पश्चात होसमा आएका ओलीको दुवै खुट्टामा सहित छातीमा चोट लागेको छ । हाल ओलीको अवस्था खतरामुक्त रहेको ओलीको उपचारमा खटिएका चिकित्सकहरुले जनाएका छन् ।

ओलीको मोटरसाइकललाई ठक्कर दिने निजि कार चालक इजरायली प्रतिरक्षा सेना (आइडिएफ)का जनरल रहेको इजरायली संचार माध्ययहरुले जनाएका छन् ।

उपचाररत ओलीले इजरायलवासी आफन्त, शुभचिन्तकहरुको माया, साथ र आशिर्वादले आफू बाँच्न सफल भएको बताएका छन् ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

एसईईको नतिजा सार्वजनिक

असार,९ / खगेन्द्र खरेल मध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *