प्रदेश ४ को मुख्यमन्त्रीमा पृथ्वी सुब्बा गुरुङ नियुक्त

माघ २९ / खगेन्द्र खरेल
एमाले प्रदेशसभा संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ प्रदेश ४ को मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख बाबुराम कुँवरले सोमबार गुरुङलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । गुरुङ आइतबार मात्र दलको नेता चुनिएका थिए ।

६० सदस्यीय प्रदेशसभामा एमालेको २७ सांसद छन् । माओवादी केन्द्रको पनि समर्थन भएपछि गुरुङ मुख्यमन्त्री बनेका हुन् । गुरुङले पर्सि मुख्यमन्त्रीको सपथ लिनेछन् ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

Bitcoin value tops gold for first time- BBC

  Mar 3, 2017- A unit of the digital cryptocurrency Bitcoin has exceeded the value …

Leave a Reply

Your email address will not be published. Required fields are marked *