फोर्ब्सको सूची सार्वजनिक, चीनका राष्ट्रपति पहिलो स्थानमा,पुटिन दोस्रो

 

वैशाख २६ / खगेन्द्र खरेल
चीनका राष्ट्रपति सी चिनफिङ विश्वका सर्वाधिक शक्तिशाली व्यक्ति बनेका छन् । अमेरिकी पत्रिका ‘फोर्ब्स’ले सार्वजनिक गरेको नयाँ सूचीमा चारपटकसम्म पहिलो स्थानमा रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई पछि पार्दै सी पहिलोपटक सूचीको पहिलो स्थानमा पर्न सफल भएका हुन् ।

गत मार्चमा सम्पन्न चिनियाँ जनकंग्रेसको बैठकपछि सी माओपछिकै शक्तिशाली चिनियाँ नेता बनेका थिए । फोर्ब्सले सार्वजनिक गरेको विश्वका सर्वाधिक शक्तिशाली ७५ जना व्यक्तिको सूचीको दोस्रो स्थानमा रुसी राष्ट्रपति पुटिन झरेका छन् ।

सो सूचीमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तेस्रो र जर्मन चान्सलर एञ्गेला मर्केल चौथो स्थानमा छन् । मर्केल एक दशकसम्म शीर्ष १० स्थानमा पर्दै आएकी छन् ।

त्यसैगरी, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सूचीको नवौं स्थानमा पर्न सफल भएका छन् । उनले फेसबुकका संस्थापक मार्क जुकरबर्ग र बेलायती प्रधमानमन्त्री टेरेजा मेलाईसमेत पछि पारेका छन् । भारतका धनाढ्य मुकेश अम्बानी सो सूचीको ३२औं स्थानमा छन् ।

उत्तर कोरियाली शासक किम जोङ उनले ३६औं स्थान प्राप्त गरी दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनलाई पछि पारेका छन् । फोर्ब्सले पृथ्वीका करिब साढे ७ अर्बभन्दा बढी मानिसमध्ये ७५ व्यक्तित्वहरुको प्रभाव सबैभन्दा बढी रहेको जनाएको छ । (एजेन्सी)

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *