भारत कर्नाटकको विधान सभामा कसैको बहुमत आएन,भाजपा ठुलो दल बन्यो, कंग्रेस गठबन्धन सरकार बनाउन अग्रसर

 

जेठ १ / खगेन्द्र खरेल
भारतीय राज्य कर्नाटकको विधानसभामा केन्द्रमा सरकार चलारहेको भारतीय जनता पार्टी विधान सभामा ठुलो दल बनेको छ। मे १२ मा भएको चुनावको परिणाममा २२२ सिट मध्ये भाजपा उम्मेदवार १०४ स्थानमा बिजयी बनेका छन्। कर्नाटकमा सरकार बनाउन ११३ सिट जित्नुपर्छ।

सन् २०१३ मा एक्लै बहुमत पाएको भारतीय कंग्रेस भने यसपालि ७८ सिट मात्र जितेको छ। अर्को जनता दल (समाजवादी)ले ३८ तथा दुइ स्वतन्त्रले जितेका छन् । दोस्रो र तेस्रो बनेका दलले गठबन्धन बनाएर सरकार बनाउने दावा पेश गरिसकेका छन् ।

 

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *