आइपिएलमा आजबाट प्लेअफ खेलहरु हुँदै, फाइनल प्रवेशका लागि कडा प्रतिष्पर्धा

जेठ ८ / खगेन्द्र खरेल
इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको प्लेअफ खेलहरु आजबाट हुँदैछन् । लिग चरणमा शीर्ष दुई स्थान हात पारेका सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच आज पहिलो क्वालिफायर खेल हुँदैछ । खेल नेपाली समय अनुसार बेलुकी सवा ७ बजे मुम्बईमा हुनेछ ।

लिग चरणमा शीर्ष स्थानमा रहेको हैदरावाद र दोस्रो स्थानमा रहेको चेन्नईले सिधै फाइनल प्रवेशका लागि क्वालिफायर खेल्न लागेका हुन् । यो खेलको विजेता टोली फाइनलमा पुग्दा पराजित हुने टोलीले अर्को एउटा अवसर पाउनेछ ।

लिग चरणमा तेस्रो स्थान लिएको कोलकाता नाइट राइडर्स र चौथो स्थान लिएको राजस्थान रोयल्स बुधबार दोस्रो प्ले अफ् अर्थात ईलिमिनेटर खेलमा भिड्नेछन् ।
उक्त खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिँदा विजयी हुने टोलीले आज पराजित हुने टोलीसँग हुने दोस्रो क्वालीफायर खेल्ने मौका पाउनेछ । उक्त खेलको विजेता पनि फाइनलमा प्रवेश गर्नेछ ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *