च्याम्पियन्स लिग फुटबलको उपाधि रियल म्याड्रिडले चुम्यो,लिभरपुल तिन एकले पराजित

जेठ १३ / खगेन्द्र खरेल
युरोपको सर्वाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको उपाधि रियल म्याड्रिडले चुमेको छ । शनिवार राति भएको फाइनलमा स्पेनिस क्लब रियाल म्याड्रिडले इंगलिस क्लब लिभरपुललाइ निरास बनाउदै पुन एक पटक उपाधि माथि कब्जा गरेको हो ।

यो पटक लिभरपुलले केहि चमत्कार देखाउने आशा गरिएको थियो तर उसको मुख्य खेलाडी मोहम्मद सालेह ३१औ मिनटमा घाइते भएर मैदान बाहिरिए पछि उसलाई ठुलो धक्का लागेको थियो । सालेहले लिभरपुललाइ फाइनल सम्म ल्याइपुर्याउन महत्वपुर्ण योगदान गरेका थिए ।

खेलको पहिलो हाफ गोल रहित बराबरी खेलेको लिभरपुल दोस्रो हाफ भने सम्हालिन सकेन । रियलले दोस्रो हाफको ५१ औ मिनटमा करिम बेन्जमाको गोल द्वारा अग्रता लिएको थियो । तर लिभरपुलका मानेले ४ मिनट पछि गोल गरेर खेल बराबरीमा ल्याएका थिए । त्यसपछि ६१औ मिनटमा इस्कोको स्थानमा मैदान पसेका गेराथ बेलले दुइ उत्कृष्ट गोल गरेपछि रियाल तिन एकले बिजयी बन्यो । बेलले ६४औ र ८३औ मिनटमा गोल गरेका हुन् ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

एसईईको नतिजा सार्वजनिक

असार,९ / खगेन्द्र खरेल मध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *