इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि चेन्नइ सुपर किंग्सलाई

 

जेठ १३ / खगेन्द्र खरेल
इण्डियन प्रिमियर लिग (आइपिएल)को उपाधि चेन्नइ सुपर किंग्सले जितेको छ। आइतबार मुम्बईमा भएको फाइनलमा सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै चेन्नइले उपाधि जितेको हो।

हैदराबादले दिएको १७८ रनको लक्ष्य महेन्द्र सिंह धोनीको नेतृत्वमा रहेको चेन्नईले ९ बल बाँकी छँदै २ विकेट गुमाएर पुरा गर्‍यो। चेन्नईको जितमा सेन वाट्सनले विस्फोटक ब्याटिङ गर्दै नटआउट सतकीय पारी खेले। उनले मात्र ५७ बलमा ११ चौका र ८ छक्कासहित ११७ रन बनाए। सुरेश रैनाले ३२ तथा रायडुले १७ रन बनाएका थिए।

यो सँगै चेन्नइले तेस्रो पटक आइपिएलको उपाधिमाथि कब्जा जमाएको छ। चेन्नइले यसअघि सन् २०१० र २०११ मा पनि उपाधि जितेको थियो।

यसअघि हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रन बनाएको थियो। ओपनर श्रीवत्स गोस्वामी ५ रनमै आउट भए पनि अनुभवी ब्याट्सम्यानद्वय शिखर धवन (२६ रन्) र केन विलियमसन (४७ रन) ले पारी सम्हालेका थिए ।

शकिब अल हसनले २३ रन बनाए । अन्त्यमा युसुफ पठानले २५ बलमा ४५ रन बनाउँदै हैदराबादलाई प्रतिस्पर्धात्मक लक्ष्यतर्फ पुर्‍याएका थिए।

जित सगै चेन्नईले २० करोड भारतीय रुपैयाँ तथा उप बिजेता हैदराबादले साढे १२ करोड नगद प्राप्त गरेको छ । प्रतियोगितामा सर्वाधिक धेरै रन बनाउने हैदराबादका केन विलियमसनले ओरेन्ज क्याप सगै १० लाख तथा सर्वाधिक विकेट लिने पन्जाबका एंड्रयू टायले पर्पल क्याप सगै १० लाख नै प्राप्त गरेका छन् ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *