विश्व-११ बाट खेल्न सन्दीप लण्डनमा

जेठ १६ / खगेन्द्र खरेल
नेपाली युवा स्पिनर सन्दीप लामिछाने बुधबार बिहान लन्डन पुगेका छन् । बिहीबार (३१ मे) आईसीसी विश्व-११ बाट लर्डस मैदानमा वेस्ट इन्डिजविरुद्ध टी–ट्वान्टी अन्तर्राष्ट्रिय म्याच खेल्न सन्दीप लन्डन पुगेका हुन् ।

क्यारेबियन देशमा आँधीले क्षतिग्रस्त भएका रंगशाला पुनर्निर्माणका लागि सहयोग जुटाउन खेल आयोजना गरिएको हो । आईसीसीले छानेको विश्व–११ टिमबाट सन्दीपले वेष्ट इण्डिज विरुद्ध खेल्ने छन् ।

आईसीसीको उक्त टिमको कप्तानी इयान मोर्गनले गर्नेछन् । विश्व–११ मा भारतका दिनेश कात्तिक, हार्दिक पाण्ड्या, पाकिस्तानका चर्चित क्रिकेटर साहिद अफ्रिदी र सोयब मल्लिक, श्रीलंकाका थिसरा परेरा, न्यूजिल्याण्डका ल्यूकरंकी र मिचेल मेक्कलेनेघन, बंगलादेशका सकिब अल हसन र अफगानिस्तानका रसिद खान छन् ।

वेष्ट इण्डिजको टोलीमा क्रिस गेल, आन्द्रे रसेल,मार्लोन स्याम्युएल्स, कार्लोस ब्रेथवेट, स्यामुयल बद्री, एविन लेविसलगायत खेलाडी छन् ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

एसईईको नतिजा सार्वजनिक

असार,९ / खगेन्द्र खरेल मध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *