बहुप्रतिक्षित ट्रम्प-किमको सिंगापुर वार्तामा गोर्खा सैनिकले सुरक्षा दिने

जेठ २२ / खगेन्द्र खरेल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको बहुप्रतिक्षित वार्ता आगामी मंगलबार सिंगापुरमा हुने भएको छ । जून १२ मा स्थानीय समय अनुसार विहान ९ बजे दुई नेताबीच भेट हुने हृवाइट हाउसले बताएको छ ।

सिंगापुरमा भेटवार्ता गर्दा ट्रम्प र किमलाई सुरक्षा भने गोर्खा सैनिकले गर्ने भएका छन् । दुवै नेताले आ-आफ्ना सुरक्षाकर्मी ल्याउने भए पनि वार्तास्थल, सडक र होटलको सुरक्षा भने सिंगापुर प्रहरीको उत्कृष्ट गोर्खा दस्ताले गर्ने भएको हो ।

यसअघि भारतीय प्रधानमन्त्रीका साथै क्षेत्रीय मन्त्रीहरु उपस्थित सुरक्षा सम्मेलनका क्रममा साङ्गि्रला होटलको सुरक्षा गोर्खा सैनिकहरुले नै दिएका थिए ।

सिंगापुर प्रहरीमा भर्ती भएका गोर्खाहरुले रक्षा कवच, बेल्जियममा बनेको एफएन एससीएआर कम्ब्याट राइफल र पेस्तोलसहित सुरक्षा दिनेछन् । सबै अत्याधुनिक हतियारका बाबजुद गोर्खा सैनिकहरु खुकुरीलाई छाड्दैनन्, जुन उनीहरुको परम्परागत रोजाईको हतियार हो ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *