सरकारले माग पूरा नगरे सत्याग्रह थाल्ने डा. केसीको चेतावनी

जेठ २४ / खगेन्द्र खरेल
चिकित्साशिक्षा सुधारका अभियन्ता प्रा. डा. गोविन्द केसीले छात्रवृत्तिमा अध्ययन गरेका चिकित्सकले गर्नुपर्ने भनिएको अनिवार्य सरकारी सेवाको अवधि पाँच वर्षबाट घटाइ दुई वर्ष कायम गर्न माग गरेका छन् ।

डा. केसीले बिहीबार एक विज्ञप्ति जारी गर्दै स्वास्थ्य मन्त्रालयले तयार पारेको छात्रवृत्ति व्यवस्थापन तथा परिचालन कार्यविधिमा शिक्षा मन्त्रालयले हचुवाको भरमा पाँच वर्ष सेवा गर्नुपर्ने व्यवस्था थप गरेको आरोप लगाएका छन् ।

तीन वर्षे स्नातकोत्तर तह अध्ययन गरेका चिकित्सकले दुई वर्ष सेवा गरे पुग्ने व्यवस्था कायम गरी चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने डा. केसीको विज्ञप्तिमा उल्लेख छ । चिकित्सकहरुको अध्ययन, वृत्तिविकास ठप्प हुनेगरी जबर्जस्ती थोपरिने नियमले देशभर गुणस्तरीय सेवा पुर्‍याउन बाधा खडा गर्ने उनको भनाइ छ ।

६ बुँदे मागसहित जारी गरिएको विज्ञप्तिमा डा. केसीले सरकारले माग पूरा नगरे सत्याग्रह थाल्ने चेतावनीसमेत दिएका छन् ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

एसईईको नतिजा सार्वजनिक

असार,९ / खगेन्द्र खरेल मध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *