प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जान उपेन्द्र यादव तयार

जेठ २६ / खगेन्द्र खरेल
उपप्रधानमन्त्री उपेन्द्र यादवले कम्युनिष्टले चाहेमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा जान सकिने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (ने क पा) र फोरम नेपाल मिल्दा दुई तिहाई पुग्ने भन्दै उनले कम्युनिष्टले चाहे संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान सकिने बताए ।

शनिबार पोखरामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै फोरम अध्यक्ष यादवले सो कुरा बताएका हुन् । कम्युनिस्टले चाहेमा संशोधन गरेर प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जान सकिने यादवको भनाइ थियो ।

यद्यपि नेपालका कम्युनिस्टहरु साइनबोर्ड झुण्ड्याउने तर, कम्युनिष्ट चरित्र नदेखाउने गरेको भन्दै उनले यसै भन्न नसकिने बताए ।

उपप्रधान एवं स्वास्थ्यमन्त्री यादवले कम्युनिष्टसँग एकता गर्ने कुरा हल्ला मात्र भएको बताए । पार्टी एकता गर्नका लागि कम्युनिस्ट शब्द छाड्नुपर्ने उनको भनाइ थियो । समाजवादी शक्तिहरुसँग भने एकता हुने बताउँदै त्यसका लागि प्रयास भइरहेको उनले बताएका छन् ।

स्वास्थ्यमन्त्री समेत रहेका यादवले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) लाई मेडिकल साईन्सको केन्द्र बनाउने बताए ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

एसईईको नतिजा सार्वजनिक

असार,९ / खगेन्द्र खरेल मध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *