अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताले हात मिलाएर सुरु गरे बहुप्रतिक्षित शिखर वार्ता

जेठ २९ / खगेन्द्र खरेल
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच बहुप्रतिक्षित शिखर वार्ता सुरु भएको छ ।

दुवै नेताले शिखर वार्ताका लागि निर्धारित स्थल पुगेर हात मिलाउँदै आपसमा मित्रभाव प्रकट गरेका छन् । उनीहरुबीच प्रारम्भिक छलफल सुरु भएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले जनाएका छन् । इतिहास मै पहिलोपटक अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच भेटवार्ता भएको हो । सेन्टोसा द्वीपमा अवस्थित होटल क्याम्पेलामा करिब ५० मिनेट भेटवार्ता भएको बताइएको छ ।

उत्तर कोरियाली नेता किमसँगको भेटअघि अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै वार्ताको तयारी राम्रो रहेको जनाएका छन् । तर यस्ता कुराले धेरै महत्व नराख्ने प्रष्ट पार्दै उनले भनेका छन्, ‘शिखर वार्तामा कुनै सम्झौता हुन्छ वा हुँदैन भन्ने चाँडै नै थाहा हुन्छ ।’ (एजेन्सी)

Advertisement

बारेमा Nabin Nepal

Check Also

एसईईको नतिजा सार्वजनिक

असार,९ / खगेन्द्र खरेल मध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । परीक्षा …

Leave a Reply

Your email address will not be published. Required fields are marked *