आदिवासी जनजाती माहासंघ इजरायलको छेठौ वार्षिकउत्सव तथा साधारण सभा सम्पन्न,नरेश कुमार श्रेष्ठको अध्यक्षतामा नया सचिवालय गठन

असार,४ / खगेन्द्र खरेल
आदिवासी जनजाती माहासंघ इजरायलको छेठौ वार्षिकउत्सव तथा साधारण सभा सम्पन्न भएको छ । इजरायल स्थित नेपाली दुतावासका महामहिम राजदूत निरंजन कुमार थापाको प्रमुख आतिथ्यमा सपन्न भएको सो कार्यक्रमले नरेश कुमार श्रेष्ठको अध्यक्षतामा नया सचिवालय गठन समेत गरेको छ ।

इजरायलको तेल अभिभमा सांस्कृतिक कार्यक्रम सहित भएको उक्त साधारण सभालाइ आदिवासी जनजाती महासंघ इजरायलका अध्यक्ष नयन ईम्सोग लिम्बुले संचालन गर्नु भएको थियो भने कार्यक्रम संयोजन महासंघ प्रथम उपाध्यक्ष नरेश कुमारले गर्नु भएको थियो ।

विदेशी भूमिमा समेत नेपालको राष्ट्रीय बहुभाषा, बहुभेषभूषा, बहुधार्मिक, बहुसांस्कृतिक नेपाली पहिचानलाई जोगाएर प्रचार प्रसार,संरक्षण तथा प्रबन्धन गर्दै नेपालको सांस्कृतिक पहिचानलाई जोगाऊन आदिवासी जनजाती माहासंघले अग्रिणी भूमिका निभाउदै आएको महासंघको भनाइ छ।

नेपालको सबै भाषा,धर्म संस्कृति,साहित्य,भेषभूषालाई सबैको साझा ठानेर तिनीहरुलाई गौरभका साथ मानाऔ भन्दै सो कार्यक्रम सम्पन्न भएको आदिवासी जनजाती माहासंघ इजरायलले जनाएको छ ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

साउन,१ / खगेन्द्र खरेल पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *