जन्मदिनमा स्वास्थ्य लाभ कार्ड।

पछिल्लो समयमा जन्मदिनलाई विशेष महत्व दिदै विभिन्न  तरिकाले जन्मदिन  मनाउने गरेको सुनिन्छ। त्यसै गरी आज एक समाजसेवी युवा राष्ट्रिय जनस्वास्थ्य समाजका अध्यक्ष माधब के.सी ले आफ्नो जन्मदिनमा रुपन्देही बुटवलमा, बुटवल प्रा.लि ले सुरु गरेको स्वास्थ्य लाभ कार्ड वितरण गरि आफ्नो जन्मदिन मनाएका छन्। उक्त कार्येक्रममा बोल्दै के.सी ले भनेका छन्,पछिल्लो  समय जसरी विमारी भेट्न जादा

फलफूलको साटो  स्वास्थ्य लाभ कार्ड प्रयोग गर्नु पर्ने भन्दै बुटवल प्रा.लि ले सुरु गरेको अभियान आफैमा प्रसंसनिय र  निकै प्रेरणादाई रहेको हुदा म आज मेरो विशेष दिन जन्मदिनमा उक्त स्वास्थ्य लाभ कार्ड मार्फत विरामीहरुलाई भेट गरि केहि स्वास्थ्य लाभ कार्ड वितरण गरेको छु थप बोल्दै के.सी ले बुटवल प्रा .लि ले सुरु गरेको अभियानको सिको अन्य सबैजसो अस्पतालहरुले गर्नु पर्ने पनि बताएका छन्। साथै उक्त अभियान (स्वास्थ्य लाभ कार्ड)का अभियानता मुक्ति राज पौडेललाई अभियान सुरु गर्नु भएको मा बधाई दिदै स्वास्थ्य लाभ कार्ड (Get Well Soon) वितरण गरि जन्मदिन मनाएका छन् ।

Advertisement

बारेमा Nabin Nepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *