आइपुग्यो नेपाल एयरलाइन्सको पहिलो वाइड बडी जहाज

असार,१४ / खगेन्द्र खरेल
राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सले आफ्नो व्यावसायिक उडानको इतिहासमा पहिलोपटक वाइड बडी जहाज ल्याएको छ। लामो दुरीमा व्यावसायिक उडान गर्न र धेरै यात्रु बोक्ने जहाज किन्न बहस चलेको १० वर्षपछि एयरलाइन्सले एयरबसको ए ३३०–२०० सिरिजको वाइड बडी जहाज ल्याएको छ।

खरिद प्रक्रिया सुरू भएको करिब २ वर्षपछि एयरलाइन्सको पहिलो वाइड बडी जहाज बिहीबार बिहान सवा ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। जहाज निर्माता कम्पनी एयरबसको फ्रान्समा रहेको कारखानाबाट एयरबसका पाइलटहरूले उक्त जहाज उडाएर ल्याएका हुन्।

लामो दुरीमा उडान गर्न मिल्ने २७४ सिट भएको जहाजमा १८ बिजनेस क्लास सिट रहेका छन्। जहाजमा २–२–२ फर्म्याटका १८ बिजनेस क्लास, २–४–२ फर्म्याटका इकनोमी क्लासका सिट छन्।

वाइड बडी जहाज नेपाल एयरलाइन्समात्र भन्दा पनि देशकै पर्यटन उद्योगमा कोशेढुंगाको रुपमा सावित हुने एयरलाइन्सका प्रबन्ध निर्देशक सुगरत्न कंसाकारले बताए। यो जहाजले एकपटक धेरै यात्रुमात्र होइन लामो दुरीमा सिधा उडान गर्न सक्ने भएकोले नेपाललाई बाँकी विश्वसँग सम्पर्क स्थापित गर्न सहयोगी हुने उनको भनाइ छ।

पर्यटन मन्त्री रवीन्द्र अधिकारीले भ्रमण वर्ष २०२० लाई सफल पार्न वाइड बडी जहाजको भूमिका महत्वपूर्ण हुने बताए। अहिलेसम्म प्रत्यक्ष हवाइ सम्पर्क नभएका ठाउँमा यसले जोड्ने भएकोले पर्यटकहरूको आगमन यसबाट बढ्ने उनको विश्वास छ।

विमानको लागत २१ अर्ब ९० करोड रूपैयाँ परेको छ । नयाँ जहाजमा विजनेश क्लासका १८ र इकोनोमी क्लासका २ सय ५६ सिट छन् । प्रत्येक सिटका अघि टचस्क्रिन सुविधासहितको स्मार्ट इन्फोटेन्मेन्ट सिस्टम राखिएको छ ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

साउन,१ / खगेन्द्र खरेल पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *