विश्वकप फुटबल:सेमिफाइनल प्रवेशका लागि आज दुइ खेल हुदै

 

असार,२३ / खगेन्द्र खरेल
रुसमा जारी विश्वकप फुटबलमा आज(शनिबार) दुई वटा क्वाटरफाईनल खेल हुँदैछन् । अन्तिम चारमा स्थान बनाउन वेलुकी पौने ८ वजे इङ्ल्यान्ड र स्विडेन भिड्नेछन् ।

राउण्ड अफ सिक्सटिनमा कोलम्बियालाई हराउँदै इङ्ल्यान्ड तथा स्विट्जरल्याण्डलाई हराउँदै स्विडेन क्वाटरफाईनलमा पुगेका हुन् । इङ्ल्यान्ड र स्विडेनबीचको यसअघिको रेकर्ड हेर्दा इङ्ल्यान्डलाई साँघुरो अग्रता छ ।

दुई टोली २४ पटक आमने सामने हुँदा इङ्ल्यान्ड ८ पटक विजयी भएको छ भने स्विडेन ७ पटक विजयी भएको छ । ९ खेल बराबरीमा टुंगिएका छन् ।

आजै राति पौने १२ बजे सोचीस्थित ओलम्पिक स्टेडियममा क्रोएसिया र रुस भिड्नेछन् । आयोजक रुस विश्वकपको क्वाटरफाइनलमा पुगेको यो पहिलो अवसर हो । क्रोएसिया भने दोस्रो पटक क्वाटरफाइनलमा पुगेको हो ।

राउण्ड अफ सिक्सटिनमा स्पेनलाई पाखा लगाँउदै रुस तथा डेनमार्कलाई हराउँदै क्रोएसियाले क्वाटरफाईनल भिडन्त तय गरेका हुन् । रुस र क्रोएसियाबीच यसअघि ३ खेल भएका छन् । जसमा क्रोएसिया एक पटक विजयी भएको छ भने २ खेल बराबरीमा टुंगिएका छन् ।

यस अघि हिजो सम्पन्न खेलमा बेल्जियम ब्राजिललाइ हराएर तथा फ्रान्सले उरुग्वेलाइ पराजित गर्दै अन्तिम चारमा पुगिसकेका छन् ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *