विश्वकप फुटबल:सेमिफाइनलको समीकरण पुरा,इङ्ल्यान्ड र क्रोाएसिया तथा फ्रान्स र बेल्जियम भिड्ने

 

असार,२४ / खगेन्द्र खरेल
रसियामा जारी विश्वकप फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पुरा भएको छ । गएराति भएको अन्तिम क्वाटरफाइनलमा आयोजक रुसलाई पराजित गर्दै क्रोएसियाले इङ्ल्यान्ड विरुद्धको सेमिफाइनल भिडन्त तय गरेको हो ।

क्रोएसिया टाई ब्रेकरमा विजयी भयो । निर्धारित समय र थपिएको समयमा पनि खेल दुइ दुइको बराबरी भएपछि टाई ब्रेकरमा नतिजा निस्किएको हो । यसअघि सन् १९९८ मा पहिलो पटक विश्वकप खेल्दा क्रोएसिया सेमिफाइनलसम्म पुगेको थियो ।

यस अघि हिजै भएको अर्को क्वाटरफाइनलमा स्विडेनलाई २-० ले हराउँदै सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको छ । खेलको ३० औं मिनेटमा इङ्ल्यान्डले अग्रता लियो । आस्ले योङको कर्नर प्रहारमा ह्यारी म्याग्वायरले हेडिङमार्फत गोल गर्दै इङ्ल्यान्डलाई अग्रता दिएका हुन् । दोस्रो हाफको ५८ औं मिनेटमा इङ्ल्यान्डले अग्रता दोब्बर पा¥यो । जेस्सी लिङ्गार्डको पासमा डेले अलीले इङ्ल्यान्डका लागि दोस्रो गोल गरेका हुन् ।

यसपछि खेलमा स्विडेनले केही अवसर सिर्जना गरेपनि इङ्ल्यान्डका गोलकिपर जोर्डन पिकफर्डले लगातार उत्कृष्ट बचाउ गर्दै गए । जितसँगै इङ्ल्यान्ड सन् १९९० पछि पहिलो पटक विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा इङ्ल्यान्डले क्रोाएसियाको सामना गर्नेछ ।

फ्रान्स र बेल्जियम यस अघिनै सेमिफाइनल पुगिसकेका छन् । फ्रान्सले उरुग्वेलाई तथा बेल्जियमले ब्राजिललाई पराजित गरेर अन्तिम चारमा पुगेका हुन् ।

 

 

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *