सहमति कार्यान्वयनको सुनिश्चितता नगरेसम्म अनशन नतोड्ने गंगामायाको अडान

 

असार,२५ / खगेन्द्र खरेल
४१ दिनदेखि वीर अस्पतालमा अनशनरत गंगामाया अधिकारीले सरकारले आफूसँग विगतमा गरेको सहमति कार्यान्वयनको सुनिश्चितता नगरेसम्म अनशन नतोड्ने अडान लिएकी छन् ।

उनले सरकारले आफुसँग तपाईले न्याय पाउनुभयो भनेर जानकारी गराएपछि मात्र अनशन तोड्ने बताएको अधिकारकर्मी चरण प्रसाईले जानकारी दिए ।

गंगामायाका छोरा कृष्णप्रसाद अधिकारीको हत्याका अभियुक्त भनिएका गोरखा फुजेलका ७८ वर्षीय छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका थिए । अदालतको आदेशमा उनलाई आइतबार नै डिल्लीबजार सदरखोरमा पठाइएको छ ।

पौडेललाई जेल चलान गरिए पनि विगतमा जस्तै अदालतबाट छुट्ने आशंका गर्दै गंगामायाले कारवाहीको सुनिश्चितता नभएसम्म अनशन जारी राख्ने अडान लिइरहेकी छन् । तर, सरकारले भने अधिकारीको मागबमोजिम अदालतको आदेश कार्यान्वयनका क्रममा अभियुक्तलाई कारागार चलान गरिएकाले कानूनी कारवाहीलाई अब बन्देज नरहेको जवाफ मानव अधिकारकर्मीमार्फत गंगामायासमक्ष पठाएका छन् ।

अब अदालतको अन्तिम फैसला सबैका लागि मान्य हुने सरकारको भनाइ छ ।

 

 

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *