फ्रान्स २० वर्षपछि पुन विश्वकप फुटबलको फाइनलमा,बेल्जियम बाहिरियो

असार,२७ / खगेन्द्र खरेल
फ्रान्स रसियामा जारी विश्वकपमा फाइनल प्रवेश गरेको छ। फ्रान्स बेल्जियमलाई १ सुन्य गोलले पराजीत गर्दै फाइनल प्रवेश गरेको हो। सन् १९९८ मा ब्राजिललाई ३-० ले पराजीत गर्दै पहिलोपटक विश्व विजेता बनेको फ्रान्स, त्यसयता पहिलो पटक विश्वकप फाइनलमा पुगेको हो।

बेल्जियमलाई फ्रान्सले खेलको दोश्रो हाफको ५१ औं मिनेटमा गोल गरेको थियो। फ्रान्सका लागि सो गोल स्यामुयल उमटिटीले गरेका थिए। उनले हेडमार्फत सो विजयी गोल गरेका हुन्।

बेल्जियम पाँचपटकको विश्व विजेता ब्राजिललाई पराजित गर्दै सेमिफाइनलमा आएको थियो। फ्रान्सले विश्वकप उपाधिका लागि क्रोएशिया र इङ्ल्याण्डबीच हुने खेलको विजेतासँग प्रतिष्पर्धा गर्नेछ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *