नेपाल कम्युनिस्ट पार्टीको नियमावली पारित

असार,२७ / खगेन्द्र खरेल
। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकले नियमावली पारित गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले नियमावली पारित गरेको हो । नियमावली पारित भएसँगै पार्टी संचालनका लागि सहज हुने भएको छ ।

बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले विधानको अभिन्न अंगको रुपमा रहेको नियमावलीलाई अन्तिम रुप दिइएको र अब प्रकाशनमा पठाउने निर्णय भएको जानकारी दिए ।

प्रवक्ता श्रेष्ठले अर्को बैठक बसेर विधान र नियमावली अनुसार सबै पार्टी कमिटीको र जनवर्गीय संगठनहरुको सांगठनिक एकीकरणको आवधिक कार्ययोजना बनाइने जानकारी दिए ।

पार्टीका कमिटी र जनवर्गीय संगठनहरुको एकताको गृहकार्य गर्न कार्यदलस्तरमा छलफल हुँदै आएको छ ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा

साउन,१ / खगेन्द्र खरेल पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट खेल्ने नेपाली टोलीको घोषणा भएको छ …

Leave a Reply

Your email address will not be published. Required fields are marked *