यातायात क्षेत्रको सिन्डिकेट अब कहिल्यै नफर्कने गृहमन्त्री थापाको भनाइ

असार,२७ / खगेन्द्र खरेल
गृहमन्त्री रामबहादुर थापाले यातायात क्षेत्रको ‘सिन्डिकेट’ अब कहिल्यै नफर्कने दाबी गरेका छन् । सिन्डिकेट पक्षधर यातायात व्यावसायीहरुको रोक्का रहेको खाता खुलाउने चलखेल भइरहेका बेला बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा गृहमन्त्री थापाले सिन्डिकेट नफर्कने उद्घोष गरेका हुन् ।

नेपालको हवाई, रेल र सडक क्षेत्रमा ठूलो मात्रामा विदेशी लगानी भित्रिन लागेका बेला षड्यन्त्र हुन थालेको भन्दै उनले षड्यन्त्रकारीहरुलाई कुनै हालतमा सफल हुन नदिने दृढता व्यक्त गरे ।

यातायात क्षेत्रको आमूल परिवर्तनका लागि ठोस नीति, ऐन र कानुन बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *