क्रोएशिया पहिलो पटक विश्वकप फाइनलमा,इङ्ल्याण्डको सपना साकार भएन

 

असार,२८ / खगेन्द्र खरेल
क्रोएशिया विश्वकप फुटबलको फाइनलमा पुग्न सफल भएको छ। इङ्ल्याण्डलाइ पराजित गर्दै क्रोएशियाले फ्रान्स सागको उपाधि भिडन्त तय गरेको हो ।

निर्धारित ९० मिनटमा एक एक गोलको बराबरी भएपछि ३० मिनट थपिएको खेलमा १०९ औं मिनेटमा म्यान्डुजिकले गोल गरेपछि क्रोएशियाले विश्वकपमा सहभागी भएको २० वर्षमा नै आफूलाई फाइनलमा पुर्‍याउन सफल भएको हो।

सन् १९९८ मा पहिलो पटक विश्वकपमा सहभागी हुदा फ्रान्स सगै पराजित भएर सेमीफाइनल बाटै बाहिरिएको क्रोएशियासग त्यसको बदला लिने अवसर अहिले जुरेको छ ।

आज भएको खेलमा इङ्ल्याण्डले पाँचौ मिनेटमा फ्रिकिकमार्फत गोल गर्दै अग्रता लिएको थियो। इङ्ल्याण्डका लागि गोल ट्रिपियरबाट भएको थियो।

एक गोलले पछाडी परेपछि दबाबमा परेको क्रोएशियाले खेलको ६८ औं मिनेटमा गोल फर्काउँदै आफ्नो विश्वकप फाइनल यात्रा जिवित राख्न सफल भयो। पेरिसिकले सो बराबरी गोल गरेका थिए।

बराबरी गोलपछि उत्साहित बनेको क्रोएशियाले इङ्ल्याण्डको पोस्टमा केहि खतरनाक प्रहार गरेको थियो तर ती प्रहारहरू गोलमा परिणत भने हुन सकेन र खेल अतिरिक्त समयमा धकेलिएको थियो।

 

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *