कांग्रेसले लोकतन्त्रको पाठ सिकाउन मिल्दैन : प्रधानमन्त्री ओली

 

साउन,७ / खगेन्द्र खरेल
प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका परिभाषामा अरु पार्टी सरकारमा हुँदा ‘अधिनायकवाद’ देख्ने ऐतिहासिक परम्परा नै रहेको जिकिर गरेका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालको ४०औं स्मृति दिवसका अवसरमा नेकपा सचिवालयले सोमबार आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले ‘पञ्चायतकालमा पनि कम्युनिस्टसँग मिलेर आफ्नो बहुमतको संसद पुनःस्थापना गरौंभन्दा राजतन्त्रसँग घाँटी जोडेर कारागार बस्न पनि तयार रहने’ कांग्रेसले अहिले निर्वाचन जितेर आएको कम्युनिस्टको सरकारलाई अधिनायकवादी भन्नु युक्तिसंगत नभएको बताए ।

‘प्रतिक्रियावादी शक्तिहरु छिट्टै हड्बडाउँछन् । प्रतिपक्षमा हुनेबित्तिकै आत्तिन्छन् । जनताका बीचमा जाने र आफ्ना कुरा शालीन ढंगले राखेर हिंसात्मक दमनको पनि शान्तिपूर्ण प्रतिवाद गरेको अनुभव नेकपासँग छ । तर, कांग्रेसमा लोकतान्त्रिक प्रतिपक्षको अनुभव देखिएन’–प्रधानमन्त्री ओलीले भने–‘कांग्रेसले विगतमा सरकार चलाउँदा वामपन्थीलाई अनावश्यकरुपमा थुन्ने र शिक्षक, कर्मचारीलाई बर्खास्त गरेको छ । देशै खाने काम आफ्नो हो भन्ठान्ने कांग्रेसले हामीलाई लोकतन्त्रको पाठ सिकाउन मिल्दैन ।’

उनले लोकतन्त्र ल्याउन कम्युनिस्टहरुले जेलनेल गरेको इतिहास जीवितै रहेको बताउँदै मानवजीवनलाई सुखी बनाउन समृद्धिमात्र होइन, सामाजिक न्याय पनि चाहिने भएकाले सरकार त्यस दिशातर्फ अघि बढेको जानकारी दिए ।

पुष्पलालको नेतृत्वमा वि.सं. २००६ वैशाख ९ गते नेकपाको स्थापना भएको थियो । तत्कालीन नेकपा एमाले र नेकपा माओवादीको एकतापछि एकीकृत पार्टीको आयोजनामा पहिलोपटक पुष्पलाल स्मृति दिवस मनाइएको हो ।

पुष्पलालको निधन २०३९ साउन ७ गते भएको थियो । पुष्पलालले विश्व कम्युनिस्ट आन्दोलनको घोषणापत्रलाई नेपालीमा अनुवाद गर्नाका साथै सामाजिक न्यायसहितको समाजवादको नीति अघि सारेका थिए । रासस

Advertisement

बारेमा Nabin Nepal

Check Also

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, ४१ गम्भीर घाइते

  कार्तिक, ४ नवलपरासीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। ४१ जना गम्भीर …

Leave a Reply

Your email address will not be published. Required fields are marked *