पाकिस्तानको निर्वाचनमा पुर्व क्रिकेटर इमरान खानको पार्टीलाई ठुलो सफलता,तर बहुमत पुगेन

 

साउन,१० / खगेन्द्र खरेल
पाकिस्तानमा बुधबार भएको निर्वाचनको २७२ संसदीय सिटमा मतगणना जारी छ । संसदीय चुनावका साथै प्रान्तीय चुनावका लागि पनि एकैपटक मतदान भएको थियो ।

पछिल्लो मत परिणाम अनुसार पूर्व क्रिकेटर इमरान खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ(पीटीआई) ले ११६ सिटमा जित तथा अग्रता कायम गरेको छ । सबैभन्दा ठूलो दलका रुपमा उदाउँदै गरेको पीटीआईका नेता तथा पूर्व क्रिकेटर इमरान खान पाकिस्तानको प्रधानमन्त्री बन्ने पक्का जस्तै भएको छ । उनको पार्टीलाई बहुमत पाउन थप २० देखि २५ सदस्यको समर्थन भए पुग्नेछ ।

त्यस्तै पूर्व प्रधानमन्त्री नवाज शरीफको पार्टी पाकिस्तान मुस्लिम लिग(नवाज) ५८ स्थानमा अगाडि रहेको छ । साथै पीएमएल–एन बाट प्रधानमन्त्रीका उम्मेदवार पुर्व प्रधानमन्त्री नवाज शरीफका भाइ शहबाज शरीफ आफैले चुनाव हारेका छन् ।

त्यस्तै पूर्व राष्ट्रपति आसिफ अली जरदारीको पार्टी पाकिस्तान पिपल्स पाटी(पीपीपी) ३८ स्थानमा अगाडि रहेको छ। बिहीबार बेलुकासम्म पूर्ण नतिजा अाइसक्ने पाकिस्तानी निर्वाचन अायाेगले जनाएकाे छ ।

पाकिस्तानको निर्वाचन परिणामलाई भारतले निकै गम्भिरताका हेरिरहेको बताइएको छ । इमरान खानलाइ भारत बिरोधी राजनीतिज्ञ भनेर प्रचार गरिएको छ ।

 

Advertisement

बारेमा Nabin Nepal

Check Also

पार्टीको महाधिवेशन समयमा हुनुपर्छ : शशांक, वर्तमान सरकार असफल: गच्छदार

  कार्तिक, ५ कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टी महाधिवेशन समयमा हुनुपर्ने बताएका छन् ।विराटनगरमा सोमबार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *