नेपाली कामदार नपठाउने निर्णय पुनर्विचार गर्न मलेसियाको आग्रह

 

साउन,१२ / खगेन्द्र खरेल
मलेसियाले नेपाली कामदार मलेसिया नपठाउने निर्णय पुनर्विचार गर्न नेपाल सरकारसँग आग्रह गरेको छ । मलेसियाका मानव संसाधन मन्त्री एम कुलाशेगरले निर्णय पुनर्विचार गर्न सरकारसँग आग्रह गरेको हो । नेपालले आफ्ना कामदार पठाउन रोक लगाएपछि मलेसियन सरकारले पहिलो पटक यस विषयमा औपचारिक रूपमा जानकारी दिएको हो।

मन्त्री एम कुलाशेगरले मलेसियाको विदेशी कामदार ल्याउने प्रक्रिया सबै देशहरूमा एउटै भएको र नेपालका विषयमा यसलाई हटाउन नसकिने बताए।

मलेसिया जान भिसा प्रोसेसिङका लागि वन स्टप सेन्टर र भिएलएन नेपालसहित ५७ देशमा छ। भिसा प्रोसेसिङका लागि मलेसियन सरकारले निजी कम्पनीहरूलाई एउटै प्रक्रियाबाट ल्याउन सहमति गरेका कारण नेपालको हकमा पनि त्यसलाई उल्टाउन नसकिने मन्त्रीले बताएका छन् ।

नेपाली कामदारसहित मलेसिया विदेशी कामदारमै निर्भर रहेको भन्दै उनले कामदार पठाउने देशको यस्तो निर्णयले मलेसियाको प्रगतिमै असर पर्ने बताएका छन् । नेपाली कामदारमा विषयमा देखिएको समस्या समाधानका लागि मलेसियन सरकार उपयुक्त विकल्प खोजी गरिरहेको उनले बताए।

मलेसिया जाने कामदारसँग विभिन्न संस्थाले गैरकानूनी रूपमा रकम लिएर ठगी गरेको भन्दै सरकारले मलेसिया जान रोक लगाएको छ। जेठ २ गतेसम्म प्रक्रिया पूरा गरेका कामदार भने मलेसिया जान सक्ने छन्।

मलेसियामा नेपाली कामदार प्राथमिकतामा छन्। इन्डोनेशियापछि मलेसियामा धेरै नेपाली कामदार छन्।

Advertisement

बारेमा Nabin Nepal

Check Also

पार्टीको महाधिवेशन समयमा हुनुपर्छ : शशांक, वर्तमान सरकार असफल: गच्छदार

  कार्तिक, ५ कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टी महाधिवेशन समयमा हुनुपर्ने बताएका छन् ।विराटनगरमा सोमबार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *