पहिलो एक दिवसीयमा नेपाल नेदरल्याण्डसँग ५५ रनले पराजित

 

साउन,१६ / खगेन्द्र खरेल
नेपालले पहिलो एक दिवसीय खेलमा नेदरल्याण्डसँग ५५ रनले पराजित भएको छ। नेदरल्याण्डले दिएको १९० रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ४१.५ ओभरमा अलआउट हुँदै १३४ रनमा समेटिएपछि नेपालले पहिलो एक दिवसीय खेलमै पराजय व्यहोरेको हो।

भरोसा गरिएका ब्याट्सम्यानहरुको ब्याटिङ नचल्दा नेपाल पराजित हुन पुगेको हो। उत्कृष्ट सुरूवात गर्दै पहिलो विकेटका लागि उपकप्तान ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले ५८ रनको साझेदारी गरेका थिए। अनिल व्यक्तिगत २१ रनमा आउट भएपछि नेपालको इनिङ्स धारासयी बन्यो। बाँकी ६० रन जोड्दा नेपालले ६ विकेट गुमाउन पुग्यो।

दोस्रो विकेटका रुपमा कप्तान पारस खड्का १२ रनमा आउट भए। थप दुई रन जोड्दा ज्ञानेन्द्र मल्ल ५१ रन बनाएर पभेलियन फर्किए। ज्ञानेन्द्र मल्ल नेपालका लागि अन्तर्राष्ट्रिय एक दिवसीयमा अर्धशतक पुरा गर्ने पहिलो खेलाडी भएका छन्।

आरिफ शेख शून्यमा आउट भए भने छैठौं नम्बरमा आएका सोमपाल कामीले पनि खाता खोल्न सकेनन्। बसन्त रेग्मी आउट पनि शुन्यमा आउँट हुँदा दिपेन्द्र सिंह ऐरीले केही आशा देखाएका थिए। व्यक्तिगत ३३ रनमा आउट भए पछि नेपाल संकटमा पर्‍यो।

नेपाललाई सस्तैमा समेट्न नेदरल्याण्डका फ्रेड क्लासेन, माइकल रिप्पोन र पिटर सिलरले समान ३/३ विकेट लिए।

यसअघि, टस जितेर पहिले ब्याटिङ्ग गरेको नेदरल्याण्डले ४७.४ ओभरमा अलआउट हुँदै १८९ रन बनाएको थियो। नेदरल्याण्डका लागि माइकल रिप्पोनले ५१ रनको अर्धशतकीय पारी खेलेका थिए।

नेपालका कप्तान पारस खड्काले किफायती र उत्कृष्ट बलिङ गर्दै १० ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। यस्तै सोमपाल कामीले ३ विकेट लिँदा सन्दीप लामिछाने, करण केसी र बसन्त रेग्मीले एक-एक विकेट लिए।

 

Advertisement

बारेमा Nabin Nepal

Check Also

पार्टीको महाधिवेशन समयमा हुनुपर्छ : शशांक, वर्तमान सरकार असफल: गच्छदार

  कार्तिक, ५ कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टी महाधिवेशन समयमा हुनुपर्ने बताएका छन् ।विराटनगरमा सोमबार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *