एकदिवसीय क्रिकेटमा नेपालको पहिलो एतिहासिक जित, पारस र सोमपालको उत्कृष्ट प्रदर्शन

 

साउन,१८ / खगेन्द्र खरेल
नेपालले एकदिवसीय क्रिकेटमा पहिलो जित हात पारेको छ । रोमाञ्चक खेलमा नेदरल्याड्सलार्इ सनसनीपूर्ण तरिकाले एक रनले हराउँदै पहिलो एतिहासिक जित हात पारेको हो ।

नेदरल्याण्डसँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपालले घरेलु टोलीलाई १ रनले हराएको हो। यो सँगै दुई एक दिवसीय शृंखला १-१ को बराबरीमा सकाएको छ।

२१७ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले ९ विकेट गुमाएर २१५ रन मात्र बनाउन सक्यो । अन्तिम ओभरमा नेदरल्याण्डसलार्इ मात्र ६ रन चाहिएको थियो ।

कप्तान पारसले पहिलो बलमा एक रन दिए । दोस्रो बलमा दिएनन् तर, तेस्रो बलमा एक र चौथो बलमा २ रन लिएपछि घरेलु टोलीलाई अन्तिम २ बलमा २ रन चाहियो । पाँचौं बलमा पारसले फेरि रन दिएनन् । अब अन्तिम बलम २ रन चाहियो । अन्तिम बलमा कप्तान पारसले डच खेलाडीलार्इ रन आउट गर्दै नेपाललाई ऐतिहासिक जित दिलाए ।

नेदरल्याण्डका वेस्ली वारेसीले सर्वाधिक ७१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहेन। नेदरल्याण्डस्लाई रोक्न नेपालका सन्दिप लामिछानेले ३ विकेट लिँदा ललित भण्डारीले २ विकेट लिए। यस्तै कप्तान पारस खड्का, सोमपाल कामी र बसन्त रेग्मी र दिपेन्द्र सिंह ऐरीले १-१ विकेट लिए।

यसअघि पहिलो ब्याटिंग गरेको नेपालका लागि कप्तान पारस खड्का र सोमपाल कामीले अर्धसतकीय पारी खेलेपछि निर्धारित ५० ओभरको खेलमा ४८.५ ओभरमा अलआउट हुँदै २१६ रन बनाएको थियो।

नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रनको पारी खेलेका थिए। नेपाली खेलाडीमध्ये सबैभन्दा धेरै रन बनाएका कामीले ४६ बल खेल्दै ५ चौका र ३ छक्का प्रहार गरे।

यस्तै कप्तान पारस खड्काले पनि अर्धसतक पुरा गरे। पहिलो पटक एक दिवसीय अर्धसतक प्रहार गर्ने क्रममा खड्काले ६९ बल खेल्दै ६ चौका र २ छक्का प्रहार गरे।

यस्तै दीपेन्द्र सिंह ऐरी र सुवास खकुरेलले समान १९ रन बनाउँदा अनिल साह ४ र रोहित कुमार पौडेल ६ रनमा आउट भए। बसन्त रेग्मीलाई १ रनमा गुमाएको नेपालका लागि सन्दिप लामिछानेले ८ रन बनाएर आउट भए भने ललित भण्डारीले ४ रनमा अभिजित रहे।

नेदरल्याण्डस्का लागि कालासेनले ३ तथा रिपोन र सिलारले २-२ विकेट लिए।

 

Advertisement

बारेमा Nabin Nepal

Check Also

पार्टीको महाधिवेशन समयमा हुनुपर्छ : शशांक, वर्तमान सरकार असफल: गच्छदार

  कार्तिक, ५ कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टी महाधिवेशन समयमा हुनुपर्ने बताएका छन् ।विराटनगरमा सोमबार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *