भारत बिरुद्दको पहिलो टेस्टमा इंगल्याण्ड बिजयी,कोहलीको सतक खेर गयो

 

साउन,१९ / खगेन्द्र खरेल
भारत बिरुद्दको पहिलो टेस्टमा इंग्ल्याण्ड बिजयी भएको छ । बर्मिङ्घममा एकसय ९४ रनको बिजयी लक्ष पाएको भारत एकसय ६२ रन बनाएर अल आउट भए पछि ३१ रनले इंगल्याण्ड बिजयी भएको हो । जित सगै पांच टेस्टको शृंखलामा घरेलु टोलीले एक सुन्यको अग्रता लिएको छ ।

टस जितेर पहिले ब्याटिंग गरेको इंगल्याण्डले पहिलो पारीमा दुइ सय ८७ रन बनाएको थियो । जवाफमा भारतले बिराट कोहलीको एक सय ४९ रनको मद्दतमा मात्र दुइ सय ७४ रन बनाउन सक्यो । १३ रनको अग्रता लिएको घरेलु टोली दोस्रो पारीमा एक सय ८० रनमा समेटिए पछि भारतले एक सय ९४ रनको पक्ष पाएको हो ।

तर लक्ष पछ्याएको पाहुना टोली भारत एक सय ६२ रनमै अल आउट हुदा ३१ रनले पराजित भयो । भारतको दोस्रो पारि ध्वस्त पार्न इंग्लिश बलर बेन स्टोकको भूमिका महत्वपूर्ण रहयो उनले चार विकेट लिए । पहिलो पारीमा उनले २ विकेट लिएका थिए । भारतका रबि चन्द्रन अस्विनले खेलमा ७ विकेट लिए ।

 

 

 

 

 

 

 

 

 

Advertisement

बारेमा Nabin Nepal

Check Also

सरकारले सार्वजनिक गर्‍यो पाँच महिनाका उपलब्धि

    साउन,२८ / खगेन्द्र खरेल प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन पश्चात गरेका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *