जनप्रतिनिधिहरुलाई पार्टीमा कार्यकारी पद नदिने नेकपाको निर्णय

 

साउन,२४ / खगेन्द्र खरेल
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जनप्रतिनिधिहरुलाई पार्टीमा कार्यकारी पद नदिने निर्णय गरेको छ ।

बिहीबार बालुवाटारमा बसेको सो पार्टीको सचिवालय बैठकले संघ र प्रदेशका मन्त्री, दलका नेता र उपनेता, प्रमुख सचेतक, सचेतक, संसदीय समितिका सभापति र स्थानीय तहका प्रमुख र उपप्रमुखलाई पार्टीको कुनैपनि तहको कार्यकारी पद अध्यक्ष र सचिव नदिने निर्णय गरेको हो ।

तर, संघ र प्रदेशका सांसदहरुको हकमा प्रदेश कमिटीमा नेतृत्व गर्न सकिने जनाइएको छ । संघीय र प्रादेशिक सांसदलाई भने जिल्ला र त्यसभन्दा तल्लो कमिटीको अध्यक्ष र सचिव नदिने निर्णयसमेत भएको जनाइएको छ ।

यस्तै, धुम्बाराहीस्थित साविक नेकपा एमालेको पार्टी कार्यालयलाई नेकपाको मुख्यालय बनाउने र कोटेश्वरको साविक माओवादी केन्द्रको केन्द्रीय कार्यालयलाई जनवर्गीय संगठनहरुको कार्यालय बनाउने निर्णय पनि बैठकले गरेको छ ।

 

 

 

 

 

 

 

 

 

Advertisement

बारेमा Nabin Nepal

Check Also

पार्टीको महाधिवेशन समयमा हुनुपर्छ : शशांक, वर्तमान सरकार असफल: गच्छदार

  कार्तिक, ५ कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टी महाधिवेशन समयमा हुनुपर्ने बताएका छन् ।विराटनगरमा सोमबार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *