पूर्व प्रमुख निर्वाचन आयुक्त उप्रेती भारतको राजदूत नबन्ने निश्चित, निर्णय नै प्रमाणीकरण भएन

 

साउन,२५ / खगेन्द्र खरेल
मन्त्रिपरिषद्को निर्णय प्रमाणिकरण नभएपछि पूर्व प्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती भारतका लागि राजदूत बन्ने सम्भावना सकिएको छ ।

असार ३२ को मन्त्रिपरिषद् बैठकले उप्रेतीलाई भारतका लागि राजदूतमा सिफारिस गर्ने निर्णय गरेको थियो । तर उक्त निर्णय सार्वजनिक भए लगत्तै सत्तारुढ नेकपाभित्र तिब्र विरोध भएको थियो । आफ्नै पार्टीका नेताहरुको दवाव पछि प्रधानमन्त्री केपी ओली उप्रेतीको नाम अघि नबढाउने निष्कर्षमा पुगेका हुन् ।

प्रधानमन्त्रीकै निर्देशनमा मुख्यसचिव लोकदर्शन रेग्मीले निर्णय प्रमाणीकरण गर्ने बेला उप्रेती र मलेसियाका लागि सिफारिसको निर्णग गरिएका उदयराज पाण्डेलाई मलेसिया दुवै नाम हटाएका हुन् । हालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको वेवसाइटमा राखिएको असार ३२ गतेका निर्णय सुचिमा राजदूतका बारे गरिएको निर्णय राखेको छैन । बैठकले ६१ वटा निर्णय गरेकोमा ६० वटाको मात्र सूची प्रकाशित गरेको छ ।

यसअघि पनि प्रमाणीकरण नभएका मन्त्रिपरिषद्का निर्णय लागू हुदैनथे । पूर्ववर्ति शेरबहादुर देउवा सरकारले ६५ वर्ष पुगेकालाई बृद्धभत्ता दिने निर्णय गरेको थियो । उक्त निर्णय प्रमाणीकरण भएको थिएन । प्रभाणीकरण नभएकाले ओली सरकारले त्यसलाई लागू गरेन । उप्रेतीको हकमा पनि त्यस्तै अवस्था सिर्जना भएको छ । ३२ गतेको बैठकपछि सरकारका प्रवक्ता गोकुल बांस्कोटाले राजदूत सिफारिसको निर्णय सुनाएका थिए ।

तर उक्त निर्णय थाहा पाए लगत्तै नेकपाको सचिवालयका अधिकांस नेताहरुले आपत्ति जनाएका थिए । भारतजस्तो मुलुकको राजदूत सिफारिस गर्दा सल्लाह नगरिएको भन्दै शीर्ष नेताहरूले प्रधानमन्त्री केपी ओलीसँग असन्तुष्टि पोखेका थिए ।

संविधानअनुसार संवैधानिक पदमा बसेको व्यक्ति सरकारी लाभको पदमा नियुक्त हुन मिल्दैन । संविधानको धारा २५४ को उपधारा ८ मा निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त र आयुक्त भइसकेको व्यक्ति अन्य सरकारी सेवामा नियुक्तिका लागि ग्राह्य नहुने उल्लेख छ ।

 

 

 

 

 

 

 

 

Advertisement

बारेमा Nabin Nepal

Check Also

सरकारले सार्वजनिक गर्‍यो पाँच महिनाका उपलब्धि

    साउन,२८ / खगेन्द्र खरेल प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन पश्चात गरेका …

Leave a Reply

Your email address will not be published. Required fields are marked *