प्रहरी हत्या अभियोग लागेका राज्यमन्त्री अभिराम शर्माद्वारा आत्मसमर्पण

 

साउन,२८ / खगेन्द्र खरेल
मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असईको हत्या अभियोग लागेका प्रदेश २ का फरार राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर भएका छन् । उच्च अदालत जनकपुरको आदेश अनुसार प्रहरी हत्याका अभियुक्त प्रदेश २ का राज्यमन्त्री अभिराम शर्माले आज जिल्ला अदालत महोत्तरीमा आत्मसमर्पण गरेका छन् ।

अघिल्लो मंगलबार अदालतले आदेश गरेको भएपनि प्रहरीले उनलाई पक्राउ गरेको थिएन । उनी बिहान ११ बजेतिर राज्यमन्त्रीको हैसियतमा प्राप्त सुरक्षाकर्मीका साथ अदालतमा उपस्थित भएका हुन् । राज्यमन्त्री शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रलाई पक्राउ गर्न उच्च अदालतले प्रहरीका नाममा परमादेश जारी गरेको थियो ।

राज्यमन्त्री शर्मा र मेयर मिश्र राष्ट्रिय जनता पार्टी राजपा बाट निर्वाचित भएका हुन् । तेस्रो मधेस आन्दोलन चलिरहँदा महोत्तरीमा कार्यरत सशस्त्र प्रहरीका असई थमन विकको २०७२ भदौ २५ गते हत्या भएको थियो ।

आन्दोलनकारीको आक्रमणमा परेर गम्भीर घाइते विकलाई उपचारका लागि जनकपुर ल्याउने क्रममा एम्बुलेन्सबाट थुतेर हत्या गरिएको थियो ।

 

 

 

 

 

 

 

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *