पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, एलपी ग्यासको मूल्य यथावत

भदौ,४ / खगेन्द्र खरेल
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ । गएराति १२ बजेदेखि लागू हुने गरी नियमले पेट्रोलमा एक रुपैयाँ तथा डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्य बढाएको हो ।

नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १ सय ११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल प्रतिलिटर ९५ रुपैयाँ भएको छ । हवाई इन्धनमा समेत प्रतिलिटर ४ रुपैयाँ ५ पैसा वृद्धि भएको निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत राखिएको निगमले जनाएको छ ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *