मलेसियाले पठायो एमओयूको प्रस्ताव : कामदार लैजादा लाग्ने शुल्क रोजगारदाताले नै व्यहोर्ने

 

भदौ,५ / खगेन्द्र खरेल
मलेसियाले नेपाली कामदार लैजाँदा सबै खर्च रोजगारदाताले नै व्यहोर्ने प्रस्ताव नेपाल समक्ष राखेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार मलेसियाले शनिबार द्विपक्षीय समझदारी (एमओयू) गर्न पठाएको औपचारिक प्रस्तावमा नेपाली कामदार लैजाँदा लाग्ने सबै शुल्क रोजगारदाताले नै व्यहोर्ने प्रस्ताव गरेको हो ।

मलेसिया जाने कामदारसँग विभिन्न बहानामा चर्को शुल्क लिएको भन्दै सरकारले गएको जेठ ३ गतेदेखि नेपाली कामदार मलेसिया पठाउन रोकेको छ ।

मलेसियाले गरेको प्रस्तावमाथि छलफल भैरहेको मन्त्रालय स्रोतले जनाएको छ । पछिल्लोपटक नेपालले उठाएका कामदारका मुद्दा सम्बोधन हुने गरी मलेसियाले एमओयूको प्रस्ताव गरेकाले बढीमा एक महिनाभित्र श्रम सम्झौता हुन सक्ने मन्त्रालय स्रोतको भनाई छ ।

मलेसियाले सुरुवातमा नेपाली कामदारका समस्यामा खासै चासो नदिए पनि पछिल्लो समय मलेसिया नै समस्या समाधानमा अघि बढेको छ ।

मलेसियाका प्रधानमन्त्री महाथीर मोहमदले मलेसियाले बङ्गलादेशसँग जस्तै नेपालसँग पनि सरकारी स्तरबाटै(जीटूजी) मार्फत नै कामदार लैजान तयार रहेको बताइसकेका छन् ।

नेपाली कामदार लैजान नेपाल सरकारको निर्णयभन्दा विपरित जान नसक्ने भन्दै महाथीरले नेपाल कामदार पठाउन इच्छुक रहेको र आफूहरु पनि नेपाली कामदार ल्याउन तयार भएकाले जीटूजी गर्न आतुर रहेको बताएका थिए ।

यसैगरी, मलेसियाले आप्रवासीका श्रमिकको स्वास्थ्य परीक्षणमा काम गर्दै आएको एजेन्ट कम्पनी बेस्टिनेट खारेज गरिसकेको छ । यो कम्पनीले भिसा र अन्य प्रक्रियाका नाममा नेपाली कामदारसँग धेरै रकम असुलेको पाइएपछि नेपाल सरकारले यससँग सम्बधित नेपालमा रहेको सबै कम्पनीलाई खारेज गर्दै कामदार पठाउन रोक लगाएको हो ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *