नेविसंघद्वारा बालिका निर्मला पन्तको बलात्कारको बिरोधमा प्रदर्सन

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै राजधानीको प्रदर्शनीमार्ग क्षेत्रमा प्रदर्शन गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । सो क्रममा शुक्रबार कञ्चनपुरका स्थानीयले गरेको प्रदर्शनमा गोली चलाएर प्रहरीले एक जनाको हत्या गरेको भन्दै आक्रोश व्यक्त गरिएको थियो ।

नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले न्याय माग्ने जनतामाथि केपी ओली सरकारले गोली हान्ने आदेश दिनु निन्दनीय भएको बताए । सो क्रममा नेविसंघका कार्यकर्ताले ओलीको पुत्लासमेत दहन गरेका थिए । प्रदर्शनमा विद्यार्थी नेता बलदेव तिमल्सिना, निरन्जन थापा,जानुका पन्थ, FOTS-Nepal केन्द्रीय अध्यक्ष सुवस घिमिरे र उपाध्यक्ष बबि जाेशि लगायतको समेत उपस्थिति रहेको थियो ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *