एसिया कप छनोट क्रिकेट:नेपालले सिंगापुरलाइ हरायो,फाइनलको सम्भावना कायमै

 

भदौ,१७ / खगेन्द्र खरेल
एसिया कप छनोट क्रिकेटमा नेपालले दोस्रो जित हात पारेको छ । सिंगापुर विरुद्ध ४ विकेटको जितसँगै नेपालले फाइनलमा पुग्ने झिनो सम्भावना जिवित राखेको छ ।

सिंगापुरले नेपाललाई १ सय ५२ रनको सामान्य लक्ष्य दिएको थियो । लक्ष्य पछ्याउने क्रममा नेपालका ओपनर अनिल शाहले आक्रमक सुरुवात दिएका थिए । उनले ३२ बलमा ४३ रन बनाए । यसैगरी ज्ञानेन्द्र मल्लले २९ र दिपेन्द्र सिंह ऐरीले ३४ बलमा ३३ रन बनाए ।

बलिङतर्फ नेपालका सन्दिप लामिछाने र ललित सिंह राजवंशीले ३-३ विकेट लिएका थिए । यसैगरी सोमपाल कामीले २ र बसन्त रेग्मीले एक विकेट लिए । नेपालले आफ्नो अन्तिम म्याच हङकङविरुद्ध खेल्नेछ । अघिल्ला दुई खेल हारेकोले रन रेट पनि कमजोर रहेको नेपाल फाइनलमा पुग्ने सम्भावना न्यून छ ।

यो जितसँगै नेपाल अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *