साफ च्याम्पियनसिप फुटबल:अन्तिम मिनटमा पाकिस्तानसँग हार्‍यो नेपाल

 

भदौ,१९ / खगेन्द्र खरेल
साफ च्याम्पियनसिप फुटबलमा नेपालले खराब सुरुवात गरेको छ । मंगलबार भएको पहिलो खेलमा नेपाल इन्जुरी टाइममा गोल खाँदै पाकिस्तानसँग २-१ गोल अन्तरले पराजित भएको हो । इन्जुरी टाइम सकिनै लाग्दा मोहम्मद अलीले हेड गोल गर्दै पाकिस्तानलाई जित दिलाएका हुन् ।

यसअघि ८२औं मिनेटमा नेपालका विमल घर्तीमगरले बराबरी गोल गरेका थिए । निराजन खड्काको हेड बलमा विमलले वान टच भली गोल गरेका हुन् ।

ढाकाको बंगबन्धु राष्ट्रिय रंगशालामा नेपालले पहिलो हाफमा पेनाल्टीमा गोल खाएको थियो । खेलको ३४ औं मिनेटमा कप्तान विराज महर्जनले डिबक्सभित्र फल गरेपछि पाकिस्तानले पेनाल्टी पायो । त्यसमा हसन नविद बासिरले सहजै गोल गरे ।

च्याम्पियनसिपमा समूह ए र बी मा गरेर जम्मा सात देश सहभागी छन्। समूह ए मा नेपालसहित पकिस्तान, भुटान र बंगलादेश रहेको छ भने बी समूहमा भारत, माल्दिभ्स र श्रीलंका रहेको छ।

नेपालले अब दोस्रो खेलमा सेप्टेम्बर ६ मा भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *