भारतीय सर्वोच्च अदालतद्वारा समलिंगी सम्बन्धलाई मान्यता प्रदान

 

भदौ,२१ / खगेन्द्र खरेल
भारतको सर्वोच्च अदालतले समलिंगी सम्बन्धलाई मान्यता पाएको छ । भारतको सर्वोच्च अदालतले बुधबार यसलाई अपराधको सूचीबाट हटाएको छ ।

अपराधको सूचीबाट हटाएपछि दुई समलिंगी व्यक्तिबीच हुने आपसी सम्बन्ध अपराध नमानिने भएको छ । योभन्दा पहिले यसलाई अपराध मानेर दण्डस्वरुप दश वर्षको कारावास अथवा आजीवन कारावास सजाय हुने व्यवस्था थियो ।

भारतको सर्वोच्च अदालतका प्रधानन्यायाधीश दीपक मिश्रा, न्यायाधीशद्वय रोहिंटन नरीमन, एएम खानविल्कर, डी वाई चंद्रचूड र यंदू मल्होत्राको संयुक्त इजलाशले समलैंगिकताको पक्षमा सुनुवाइ गरेको हो । भारतीय दण्ड संहिता (आईपीसी)को धारा ३७७ मा समलैंगिक सम्बन्धालाई अपराध मानिएको थियो ।

सर्वोच्च अदालतको यस्तो फैसला सुनेलगत्तै बलिउडकर्मी तथा विभिन्न दलसम्बद्ध नेताहरुले स्वागत गरेका छन् ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *