प्रचण्ड र भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोबलबीच भेटवार्ता

भदौ,२२ / खगेन्द्र खरेल
नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार अजित डोबलबीच भेटवार्ता भएको छ । बिहीबार दिल्ली पुगेका पूर्वप्रधानमन्त्री प्रचण्डले डोबलसँग झण्डै तीन घन्टा कुराकानी गरेका हुन् । डिनर मिटिङ दुई घन्टा भन्दा लामो समय चलेको थियो ।

दुई देशको सम्बन्ध सुधार र दुई प्रधानमन्त्रीबीच भएको सहमतिलाई समय तालिका बनाएर कार्यान्वयन गर्नेबारे छलफल भएको प्रचण्डले बताएका छन् । ‘भारतीय प्रधानमन्त्रीले नेपालको संसदमा सम्बोधन गर्दा एक खर्ब सहयोग गर्ने भन्नु भएको थियो । यो राम्रोसँग कार्यान्वयन भएको छैन । कार्यान्वयन हुनुपर्‍यो भनेको छु’ प्रवासी नेपालीहरुसँग भएको भेटमा प्रचण्डले भनेका छन् ।

भारतमा रहेको नेपालीहरुबारे पनि डोबलसँग कुराकानी भएको प्रचण्डले जानकारी दिए । नेपाल र भारत दुबैमा बलियो सरकार रहेको भन्दै उनले भने, ‘यही बेलामा जतिसकिन्छ हामीले सुधार गर्नुपर्छ । नेपालीहरुको समस्या र भारतको संवेदशनीतालाई पनि नेपालले पजि बुझ्ने यो राम्रो अवसर हो ।’

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *