साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेश भीड्दै

 

भदौ,२३ / खगेन्द्र खरेल
साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा आज नेपाल र बंगलादेश भिड्दै छन् । बंगलादेशको ढाकास्थित बंगबन्धु रंगशालामा आज साँझ हुने खेलमा आयोजकसँग नेपालले प्रतिस्पर्धा गर्न लागेको हो ।

सेमिफाइनल प्रवेश गर्नका लागि आजको खेल जित्नै पर्ने दबाब नेपाललाई छ । समूहमा दुई खेल सकिँदा ६ अंक जोडेको बंगलादेश शीर्ष स्थानमा छ ।

३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ भने तेस्रो स्थानको पाकिस्तानको पनि समान ३ अंक नै छ । त्यसैले आजको खेल जिते मात्र नेपाल सेमिफाइनलमा पुग्ने छ ।

यसअघि भएको खेलमा नेपालले पाकिस्तानसँग २–१ ले पराजित भएको थियो भने भुटानलाई ४-० गोलले हराएको थियो । अन्तिम खेलमा पाकिस्तानले तुलनात्मक रुपले कमजोर मानिएको भुटानसँग प्रतिस्पर्धा गर्नेछ ।

पाकिस्तानले उक्त खेल जित्ने सम्भावना रहेकाले नेपालले पनि आफ्नो अन्तिम खेलमा बंगलादेशलाई हराउँदा मात्रै सेमिफाइनलको यात्रा सुनिश्चित हुन्छ ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *