साफ च्याम्पियनसिप फुटबल: बंगलादेशमाथि शानदार जित निकाल्दै नेपाल सेमिफाइनलमा

 

भदौ,२३ / खगेन्द्र खरेल
साफ च्याम्पियनसिप फुटबलमा समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशमाथि सानदार जित दर्ता गरेको छ । २-० गोलको यो जितसँगै गोल अन्तरका आधारमा नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।

ढाकास्थित बंगबन्धु रंगशालामा भएको समूह चरणको अन्तिम खेलमा नेपालका लागि विमल घर्तीमगर र नवयुग श्रेष्ठले सुन्दर गोल गरे । खेलको ३३ औं मिनेटमा विमल र ८७ मिनेटमा नवयुगले गोल गरेका हुन्।

सन् २०१३ पछि नेपाल पहिलो पटक सेमिफाइनल पुग्न सफल भएको छ। नेपालको यो चौथो पटकको सेमिफाइनल यात्रा हो। यसअघि नेपाल १९९९, २०११ र २०१३ मा अन्तिम चारमा पुगेको नेपाल अहिलेसम्म च्याम्पियन बन्न सकेको छैन। १९९३ को सार्क गोल्डकपको तेस्रो भएपनि त्यति बेला चार राष्ट्रले मात्र भाग लिएका थिए। सार्कसहित नेपालको यो १२ औं सस्करण हो।

यस नतिजासँगै नेपाल ६ अंकसहित समूह विजेताको रुपमा सेमिफाइनल प्रवेश गरेको हो। पाकिस्तान र बंगलादेशको पनि समान ६–६ अंक भएपनि पाकिस्तान उपविजेता बन्दै सेमिफाइनल पुग्यो।

 

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *