भारतको तेलङ्गानामा बस दुर्घटना हुँदा ७ बालबालिका सहित ४५ जनाको मृत्यु

 

भदौ,२६ / खगेन्द्र खरेल
भारतको तेलङ्गाना राज्यको जगतियाल जिल्लामा मङ्गलबार भएको बस दुर्घटनामा ७ बालबालिका सहित ४५ जनाको मृत्यु हुनुका साथै अरु केहि घाइते भएको प्रहरीले जनाएको छ ।

खचाखच भरिएको राज्य सञ्चालित बस गहिरो खोचमा खसेको थियो । उक्त बसमा ५० भन्दा बढी यात्रु रहेको प्रहरीले जनाएको छ । मृत्यु भएकामा अधिकांश महिला छन् । घाइतेलाई उद्धार गरी स्थानीय जगतियालको अस्पतालमा भर्ना गरिएको छ । बस कोन्डागाटु अन्जनेया स्वामी मन्दिरबाट तिर्थयात्रु लिएर फर्कदै गर्दा दुर्घटना भएकाे हाे ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *