भारत सहित नेपालको पूर्वी भागमा भूकम्पको धक्का महसुस

 

भदौ,२७ / खगेन्द्र खरेल
भारतको बिहार, पश्चिम बंगालसहित नेपालको पूर्वोत्तर क्षेत्रमा बुधबार बिहान भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेक्षणले भूकम्पको तीव्रता ५.३ म्याग्निच्यूड रहेको जनाएको छ । भारतीय सञ्चारमाध्यमले भने भूकम्पको तीव्रता ५.५ रहेको जनाएका छन् ।

भूकम्पको धक्का बंगलादेश र भुटानका केही भागका अतिरिक्त पूर्वी नेपालका केही जिल्लामा पनि महसुस गरिएको छ । नेपाली समयअनुसार १०ः५० मा करिब ३० सेकेन्डसम्म भूकम्पको धक्का महसुस भएको थियो ।

भूकम्पले भएको क्षतिको विवरण भने प्राप्त भएको छैन । भारतको असमस्थित कोकराझारमा जमिनको १० देखि १२ किलोमिटर तल केन्द्रबिन्दु भएर भूकम्प गएको बताइन्छ ।

यसअघि भारतको जम्मु–कश्मिर र हरियाणामा पनि बुधबार बिहान भूकम्पको धक्का महसुस गरिएको थियो । कश्मिरमा गएको भूकम्पको तीव्रता ४.६ रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै हरियाणामा ३.१ तीव्रताको भूकम्प गएको थियो ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *