गाली गरेको रिस फेर्न झापाका व्यापारी पौडेलको हत्या, सद्धाम हुसेनले स्विकारे अपराध

 

भदौ,२८ / खगेन्द्र खरेल
दमकका व्यापारी खेमराज पौडेलको हत्यामा संलग्न एक युवकलाई प्रहरीले सार्वजनिक गरेको छ । बुधबार जिल्ला प्रहरी कार्यालय झापामा पत्रकार सम्मेलन गर्दै प्रहरीले पौडेलको हत्यामा संलग्न गौरीगञ्ज गाउँपालिका ६ का २८ वर्षीय सद्दाम हुसेनलाई सार्वजनिक गरेको हो । हुसेनले पौडेलसँग सापट लिएको ९० हजार पाँच सय रुपैयाँ लिन बोलाएर सोमबार साँझ हत्या गरेका थिए ।

रकम लिन पौडेल श्रीमतीसहित मे ७ प १९०४ नम्बरको आफ्नै मोटरसाइकलमा हुसेनले बोलाएको स्थानमा गएका थिए । तर श्रीमतीलाई मिठाई पसलमा राखेर पैसा लिन हुसेनसँग जाँदा उनले पौडेलको हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षक भिमप्रसाद ढकालले बताए ।

उनका अनुसार हुसेनले नेपाल–भारत सिमाना नजिकै पुर्‍याएर पौडेलको हत्या गरी नालीमा फालेको अवस्थामा शव भेटिएको थियो । हुसेनले हत्या गरी घरमा गएर आफ्नो लुगा धोएर नुहाई बसेको अवस्थामा इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट खटिएको टोलिले हुसेनलाई मंगलबार पक्राउ गरेको थियो ।

हत्या गरिएका पौडेल र हुसेनबीच व्यापारिक कारोबारमा रकम लेनदेन हुने गरेको थियो । त्यही क्रममा लामो समयसम्म रकम फिर्ता नगर्दा पौडेलले सार्वजनिक स्थानमा समेत हुसेनलाई गालीगलौज गरेकाले हत्या त्यही रिसइबीमा हत्या गरेको हुसेनले प्रहरीलाई बयान दिएका छन् ।

पौडेलसँगै गएकी उनकी श्रीमतीले लामो समयसम्म श्रीमान नफर्किएपछि फोन गर्दा पनि सम्पर्क भएको थिएन । त्यसपछि नजिकैको इलाका प्रहरी कार्यालय गौरीगञ्जमा उनले खबर गरेकी थिइन् । खबर पाउनासाथ खटिएको प्रहरीले पौडेललाई हत्या गरिएको अवस्थामा फेला परेको हो ।

कमल गाउँपालिका–६ स्थायी ठेगाना भएका पौडेल दमक–६ मा कपडा व्यवसाय गर्दै आएका थिए । प्रहरीले घटनास्थलबाट मृतकको मे ७ प १९०४ नम्बरको मोटरसाइकल पर्स, चप्पल, मोवाइल, हेल्मेट र सल बरामद गरेको छ । हत्यामा संलग्न हुसेनलाई बुधबार नै जिल्ला अदालत झापामा पाँच दिनको म्याद थपी अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *