निर्मला पन्त घटनाबारे स्पष्ट जानकारी दिन सरकारलाई सभामुख महराको निर्देशन

 

भदौ,२८ / खगेन्द्र खरेल
सभामुख कृष्णबहादुर महराले कंचनपुरकी निर्मला पन्तको घटनाबारे सदनलाई जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् ।

बिहीबार प्रितिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले निर्मला पन्तको बलात्कारपछिको हत्याको घटनाका दोषिलाई सरकारले नै संरक्षण दिएको भन्दै घटनाबारे स्पष्ट जानकारी माग गरेपछि सभामुखले त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

बैठक सुरु भएको जानकारी गराए लगत्तै प्रमुख प्रतिपक्षी दलका सांसदहरु उभिएर विरोध गरेपछि सभामुखले कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडुलाई बोल्नका लागि समय दिएका थिए । उनले निर्मला पन्तको हत्याको घटनासंग जोडिएर सार्वजनिक भएका विषयमाथि सरकारको जवाफ नभएसम्म सदन चल्न नदिने बताएका थिए । त्यसपछि सभामुखले घटना तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन् ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

मुलुक समृद्ध बनाउन राजसंस्था सहित लोकतन्त्रको विकल्प नभएको कमल थापाको भनाइ

  असोज,२ / खगेन्द्र खरेल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई समृद्ध बनाउन राजसंस्थासहितको …

Leave a Reply

Your email address will not be published. Required fields are marked *