कंगोका डेनिश मुक्वेगे र इराककी नादिया मुरादलाई नोबेल शान्ति पुरस्कार

 

असोज १९ / खगेन्द्र खरेल
विश्वकै सबैभन्दा प्रतिष्ठित नोबेल शान्ति पुरस्करको घोषणा भएको छ । नर्वेको ओस्लोस्थित नोबेल कमिटीले शुक्रबार यो पुरस्कार क‌ंगोका डेनिश मुक्वेगे र इराककी नादिया मुरादलाई दिने घोषणा गरेको हो ।

मुराद सन् २०१४ मा आईएसआईएस प्रभावित क्षेत्र उत्तरी इराकको कोचोस्थित आफ्नै घरबाट अन्य याजिदी महिलाहरुसँगै अपहरणमा परेकी थिइन् । सन् १०१६ मा यूएनको प्रतिष्ठित मानिने ‘साखारोभ मानवअधिकार पुरस्कार’ विजेता बनिन् ।

त्यही वर्ष उनले यूएनको अर्को पुरस्कार, ‘भेस्लेभ हाभेल ह्यूमन राइट्स प्राइज’ समेत पाइन् । मुरादले यौन हिंसासँगै युद्धका कारण निकै ठूलो पारिवारिक बज्रपात बोहेर्नुपरेको थियो । यस क्रममा उनले आफ्ना ६ जना दाजुभाइ र आमालाई गुमाउनु पर्यो ।

आईएसआईएस जिहादीले गाउँका पुरुषको हत्या र महिलालाई यौन हिंसा गर्ने क्रममा मुराद पनि त्यसै घटनाको शिकार बनेकी हुन् । यस क्रममा उनको परिवार पनि क्षतबिक्षत बनेको थियो ।

२५ वर्षीया मुराद नोबेल पुरस्कार पाउने अहिलेसम्म दोस्रो कान्छी विजेता हुन् । यसअघि पाकिस्तानी किशोरी मलाला यूसफजाइले १७ वर्षको उमेरमै नोवेल पुरस्कार पाएकी थिइन् ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

पार्टीको महाधिवेशन समयमा हुनुपर्छ : शशांक, वर्तमान सरकार असफल: गच्छदार

  कार्तिक, ५ कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टी महाधिवेशन समयमा हुनुपर्ने बताएका छन् ।विराटनगरमा सोमबार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *