दशैंका लागि आजदेखि नयाँ नोट साट्न पाइने, २७ हजारसम्म नोट सटही हुने

 

असोज २१ / खगेन्द्र खरेल
नेपाल राष्ट्र बैंकले यो वर्षको दसैं र तिहारका लागि आजदेखि नयाँ नोट सटही सुरु गरेको छ । विभिन्न दरका २७ हजार रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाइने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले ५, १०, २०, ५० र एक सय दरका गरी प्रतिव्यक्ति २७ हजार रुपैयाँसम्म नोट सटही गर्ने भएको हो ।

बैंक तथा वित्तीय संस्थालाई भने राष्ट्र बैंकले ११ गतेदेखि नयाँ नोट वितरण गरिसकेको छ । ती संस्थाले पनि आजैदेखि नयाँ नोट वितरण सुरु गरेका छन् । नोट कोष सुविधा लिएका र सरकारी स्वामित्वका राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र कृषि विकास बैंकबाट पनि नयाँ नोट साट्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

आजदेखि २९ गतेसम्म ५, १०, २० र ५० का दुई/दुई र १ सय दरका एक बण्डल गरी प्रतिव्यक्ति अधिकतम २७ हजारका दरले सटही सुविधा उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।

अनावश्यक रूपमा नयाँ नोट नलिन र लिएका नोटहरू पनि हिफाजत गर्न राष्ट्र बैंकले आग्रह गरेको छ ।

Advertisement

बारेमा Nabin Nepal

Check Also

पार्टीको महाधिवेशन समयमा हुनुपर्छ : शशांक, वर्तमान सरकार असफल: गच्छदार

  कार्तिक, ५ कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टी महाधिवेशन समयमा हुनुपर्ने बताएका छन् ।विराटनगरमा सोमबार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *