वुधवार राती इजरायलको केफरममासमा सडक दुर्घटनामा परेकी नेपाली चेलीको निधन

 

असोज २५
इजरायलको उत्तरी भेगमा रहेको केफरममासमा सडक दुर्घटनामा परी गम्भिर घाइते भई फारसभा स्थित मेयर अस्पतालमा उपचाररत नेपाली चेलीको उपचारको क्रममा निधन भएको छ ।

सिन्धुपाल्चोक हेल्म्वु ६ स्थायी घर भई विगत ७ बर्षदेखि रोजगारीको लागि इजरायलमा रहेकी दामी ग्याल्मु लामा दुर्घटना पश्चात फारसेभाको मेयर अस्पताल पुर्याइएको थियो ।

दुुर्घटनाबाट गम्भिर घाइते भएकी लामाको तत्कालै आकस्मिक शल्यक्रिया गरिएको थियो । उनको उपचारमा खटिएका चिकित्सकले मृतक लामाको टाउकोमा गम्भिर चोट लागेको र शल्यक्रिया पनि सफल नभएको बताएका थिए । विहान करिव ४ बजे अस्पतालले लामाको निधन भएको घोषणा गरेको मृतक लामाकी इजरायलमै कार्यरत वहिनी लासोङ ह्योल्मु लामाले जानकारी दिइन ।

७ बर्षिय १ छोराको आमा समेत रहेकी दामी ह्योल्मु लामा करिव ७ बर्ष अघि ४ महिनाको दुधे बालक छोडेर इजरायल आएकी हुन् ।

१० अक्टूवर वुधवार रातको करिव साढे ८ बजे उनी कार्यरत केफरममास नजिकैको रुपिन्चोकमा सडक पेटीमा रहेकी दामी लामालाई निजि कारले ठक्कर दिएको थियो । ठक्कर दिए लगत्तै अस्पताल पुर्याइएकी लामाको इजरायल प्रहरीले मोवाइळ फोन मार्फत नम्वर पत्ता लगाइ उनको एम्प्लोयरलाई खवर गरेको थियो । तत्पश्चात एम्प्लोयरले उनको एजेन्सीलाई खवर गरेको थियो ।

मृतक लामाकी एजेन्सी एमीले प्रहरीले घटनाको विषयमा अनुसन्धान शुरु गरेको छ भने मृतक लामाले रोजगारदाता र विमा कम्पनीबाट पाउनुपर्ने सम्पूर्ण हर हिसाव अघि बढाएको बताएकी छिन् ।

श्रोत-ए1न्यूज इजरायल

Advertisement

बारेमा Nabin Nepal

Check Also

पार्टीको महाधिवेशन समयमा हुनुपर्छ : शशांक, वर्तमान सरकार असफल: गच्छदार

  कार्तिक, ५ कांग्रेस महामन्त्री शशांक कोइरालाले पार्टी महाधिवेशन समयमा हुनुपर्ने बताएका छन् ।विराटनगरमा सोमबार …

Leave a Reply

Your email address will not be published. Required fields are marked *